बुटवल कोरोना अस्पतालमा थप एक जना संक्रमितको मृत्यु

रुपन्देही । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत अर्की एक जना संक्रमित महिलाको बिहीबार बिहान मृत्यु भएको छ । गत भदौ १ गते अस्पतालमा भर्ना भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

‘साउन २६ मा संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेसनमै बसेर उपचार भएको थियो,’ उनले भने, ‘स्वास्थ्यमा समस्या १ गते अस्पतालमा भर्ना गरिएको थियो ।’

डा. थापाका अनुसार मृतकलाई ५ गते भेन्टिलेटरमा राखिएको थियो भने ७ गते कोरोना निको भएका बिरामीबाट प्लाज्मासमेत दिइएको थियो । मृत्यु भएकी बिरामीमा कोरोना भएपछि भएको निमोनियाका कारण मृत्यु भएको डा। थापाले जनाए । यसअघि अस्पतालमै उपचाररत कपिलवस्तुका एक जना पुरुषको बुधबार राति मृत्यु भएको थियो ।

अस्पतालमा अहिले १५ बिरामी आईसीयूमा छन् जसमध्ये ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार