कोरोनाका कारण चितवन मेडिकल कलेजमा उपचाररत एकको मृत्यु ,गण्डकी प्रदेशमा ५ संक्रमित

कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका–६ का ६२ बर्षीय पुरुषको गएराती मृत्यु भएको हो ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । त्यसैगरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र चितवनको भरतपुर अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको परीक्षणमा पोखरा महानगरपालिकाका एक महिला र दुई पुरुष गरी ३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।त्यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा नवलपरासी पूर्वको कावासोतीका एक महिलामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नवलपरासी पूर्वकै मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ कि २० बर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।उनी कलेज अफ मेडिकल साइन्समा कार्यरत स्वास्थ्कर्मी हुन ।

सबै संक्रमितहरुलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा लैजाने तयारी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोद बिन्दु शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार