कपिलवस्तु र नवलपरासीका दुई जना महिलाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशिक अस्पताल अन्र्तगत रहेको कोरोना विशेष अस्पतालमा कपिलबस्तुको कृष्ण नगरपालिका–११ की ६० वर्षीया महिला बुधबार बिहान ९ मृत्यु भएको अस्पतालमा फोलक पर्सन डा.सुर्दशन थापाले रातोपाटीलाई जानकारी दिए ।

कोरोना संक्रमति ती महिलाको ७ गते उपचारको लागि बुटवल ल्याइएको थियो । आज उपचार गर्दागर्दे मृत्यु भएको डा. थापाले बताए । उनलाई प्रेसर र कोरोना कारण निमोनिया देखिएको थियो ।

रूपन्देहीमा गत राति नै भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासीकी ६५ वर्षीया महिलाको मृत्यु भएको थियो ।

अस्पतालका सूचना अधिकारी डा.नारायण पोख्रेलका अनुसार नवलपरासी पश्चिम, रामग्राम–५ की महिलालाई खोकी लाग्ने समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको थियो । बुटवलमा आईसीयू बेड खाली नभएपछि १५ गते भीम अस्पतालमा रिफर गरि आईसीयुमा राखेर उपचार गर्दा गर्दे मृत्यु भएको डा। पोख्रेलले बताए । ती संक्रमितलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या थियो ।

भीम अस्पतालमा अहिले ४ जना आईसीयूमा र १७ जना आइसोलेसनमा गरी २१ संक्रमित उपचाररत रहेको छन् । हालै मात्र ५ वटा आईसीयू सेवा अस्पतालमा शुरु गरेको हो । यसअघि उक्त अस्पतालमा गैडहवा–३ का ५० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको थियो । मृत्तक महिलाको शव व्यवस्थापको विषयमा छलफल भइरहेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार