कोरोनाले आमा बितेको चार दिनपछि संक्रमित छोराको पनि मृत्यु

भक्तपुर । पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका–७, नगदेशका कोरोना संक्रमित ४० वर्षीय व्यक्तिको मृत्यु भएको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार भदौ २ देखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको हो ।

भदौ १३ गते उनकी ६२ वर्षीया आमाको पनि कोरोना संक्रमणकै कारण पाटन अस्पतालमा मृत्यु भएको थियो । ‘आमालाई दमको समस्या थियो, छोरामा भने अन्य कुनै रोग पत्ता लागेको थिएन,’ श्रेष्ठले भने । ती व्यक्तिकी गर्भवती श्रीमतीसहित परिवारका ६ जनामा पनि कोरोना संक्रमण देखिएको र उनीहरू सबै होम आइसोलेसनमा रहेको श्रेष्ठले जानकारी दिए ।
यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । तीमध्ये पाँच पुरुष र चार महिला छन् । कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार