वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय


काठमाडौं । सरकारले राजधानीको महाबौद्धमा रहेको वीर अस्तपाललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । अब वीर अस्पतालबाट दिँदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने र वीर अस्पताल भने कोभिड अस्पतालका रुपमा सञ्चालन हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी सरकारले विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्य विधामा अध्ययनरत विद्यार्थीहरुलाई स्वयमसेवीका रुपमा परिचालन गर्ने भएको छ । आवश्यकता अनुसार विद्यार्थीहरुलई स्वयमसेवी रुपमा परिचालन गर्न सम्झौता गर्ने निर्णय भएको उनले बताए ।

यस्तै त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा आइसियु बेड निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको छ । प्रवक्ता डा। गौतमका अनुसार दुबै अस्पतालमा ६० बेड आइसियु निर्माणका लागि मन्त्रालयले बजेट निकासा गरेको हो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार