कांग्रेस महामन्त्री डा.कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको हो ।उहाँले कोरोना पोजेटिभ देखिएको पुष्टि गर्नुभएको हो ।

https://www.facebook.com/officialdrshashank/posts/696207747650731

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सामान्य छ । कोरोनाको कुनै लक्षण देखिएको छैन । ‘आज गरिएको परीक्षणका क्रममा ममा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन,’ –उहाँले भन्नुभयो ।

https://www.facebook.com/officialdrshashank/posts/696207747650731

चिकित्सकहरुको सल्लाहअनुसार कोइराला होम आइसोलेसनमा बस्नुभएको छ । डा. कोइरालाले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक सजगता अपनाउन अनुरोधसमेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार