ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरका दुई अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पताल उपचाररत दुई जना र मेघा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पताल, ललितपुरमा भदौ १७ गतेदेखि उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको गए राती ९:४५ बजे र भदौ १९ गतेदेखि उपचार गराइरहेका काठमाडौका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान २:०० बजे मृत्यु भएको हो।

यसैगरी भदौ २६ गतेदेखि मेघा अस्पताल, ललितपुरमा उपचार गराइरहेका भक्तपुरका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ७:४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ। annapurnapost

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार