नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु ,मृतक संख्या ३३६ पुग्यो

काठमाडौं । पछिल्लो२४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । देशभर संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको जानकारी दिनुभयो ।संक्रमितमध्ये ३७ हजार ५ सय ३४ जना उपचारपछि घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार