चितवनमा कोरोनाले ८५ वर्षीया एक महिलाको मृत्यु

चितवन । चितवनमा आइतबार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगरचोक बस्ने ८५ वर्षीया महिलाको आइतबार बिहान ६ बजे मृत्यु भएको हो । चितवन स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार क्यान्सर रोगीसमेत रहेकी ती महिलाको स्वास्थ्य पछिल्लो समय जटिल हुँदै गएको थियो ।

‘क्यान्सरको पुरानो समस्या थियो । ११ गते स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा १५ गते संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेकी उनको आज बिहान निधन भयो,’ तिवारीले भने । यससँगै कोरोनाका कारण चितवनमा २८ जनाको निधन भएको छ । जसमध्ये १७ जना चितवनकै छन् । अरू उपचारका लागि भरतपुरका विभिन्न अस्पताल आएका बाहिरी जिल्लाका व्यक्तिहरू हुन् । कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार