धरानमा एउटै घरमा बस्ने ६ परिवारका १३ जनामा संक्रमण पुष्टि

सुनसरी । धरान-१६ को एकै घरमा भाडामा बस्ने ६ परिवारका १३ जनामा संक्रमण पुष्टि भएको छ। आइतबार साँझ उनीहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन्।

उनका अनुसार यसअघि संक्रमण पुष्टि भएको ७८ वर्षका वृद्ध र ७० वर्षकी वृद्धा दम्पत्तिको कन्ट्याक ट्रेसिङ गरेर स्वाब लिइएकाहरूमध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

मेहताका अनुसार पोजेटिभ रिपोर्ट आएकाहरूमा ९ जना महिला र ४ जना पुरुष छन्। संक्रमित महिलाहरूको उमेर १२ देखी ५७ वर्षको रहेको छ। यस्तै संक्रमित पुरूषहरूको उमेर २४ देखि ५४ वर्ष रहेको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार