सांसद प्रेम सुवाल कोरोनामुक्त

भक्तपुर । प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । शनिबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमार्फत टेकुमा ‘स्वाब’ परीक्षण गराएका सांसद सुवालको सोमबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेर भदौ १५ गते पीसीआर परीक्षणका लागि ‘स्वाब’ दिएका सांसद सुवालको भदौ २० रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा पर्ने बित्तिकै होम आइसोलेसनमा बसेको सांसद सुवालले बताए ।

विद्यार्थीकालदेखि राजनीतिमा लागेका सांसद सुवालले ‘होम आइसोलेसन’लाई अध्ययन गर्ने समयका रुपमा सदुपयोग गरेको बताएका छन् । ‘होम आइसोलेसन मेरा लागि अध्ययन र आराम गर्ने अवसर बन्यो,’ उनले भने,‘सामाजिक सञ्जाललाई पनि भरपूर्ण सदुपयोग गरें । सांसद सुवालले यसअघि संसदमा दुईपल्ट कोरोना परीक्षण गराएको र दुवैपल्ट रिपोर्ट नेगेटिभ आएको बताए । कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार