ब्राउनसुगरसहित झापामा दुई युवा पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-१३ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका-१५ का २९ वर्षीय श्रीमत सोरेन र विर्तामोड नगरपालिका-५ का २७ वर्षीय पवनकुमार वसाकलाई मंगलबार साँझ पक्राउ गरेको हो।

मे१प ९९७२ नम्बरको मोटरसाइकल र मे९प ४९६१ नम्बरको स्कुटरमा सवार दुवैलाई चन्द्रगढी रोडमा रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध बरामद भएको थियो। पक्राउ परेका दुवै जनालाई हिरासत लिई धुलाबारीले अनुसन्धान थालेको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार