देशभर थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा ४२८ महिला र ८१८ पुरुषमा संक्रमण पुष्टि भएको बिहिबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । भने ४२ हजार ९४९ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएका छन् । १६ हजार २४१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १८२ जनाको आईसीयू र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी ,नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यो संगै मृतकको संख्या ३८३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार