कोरोना भाइरसको संक्रमणबाट नेपालगञ्जका एक पुरुषको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ पुरैनाका ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले ती पुरुषको भेरी अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा गएराति मृत्यु भएको जानकारी दिएका छन् ।

निमोनियाको समस्या भएर भदौ २० गते अस्पताल भर्ना भएका उनमा भदौ २१ गते कोरोना पुष्टि भएको थियो । कोरोनाबाट बाँकेमा ज्यान गुमाउनेको संख्या १० पुगेको श्रेष्ठले बताए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार