कोरोनाका कारण बाँकेमा थप एकजनाको मृत्यु

बाँके । कोरोना भाइरस संक्रमणका कारण बाँके जिल्लामा थप एक जनाको मृत्यु भएको छ ।

सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ४ सहारे निवासी ५८ बर्षीया पुरुषको बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको आज विहान ६ः२५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

यससंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । कर्तब्य ज्यान केसमा कैदिबन्दी रहेका ती पुरुषलाई सुर्खेतबाट बाँके कारागार मार्फत अस्पताल पठाइएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि गत भदौ २२ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमणको आशंकामा गत भदौ २१ गते विहान स्वाद परीक्षणका लागि पठाइएकोमा सोही दिन राती १० बजे पोजेटिभ रिपोर्ट आएको थियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार