बझाङमा एक्साभेटर खस्दा एकको मृत्यु, तीन घाइते

बझाङ । बझाङमा एक्साभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्। बुंगल नगरपालिकाको वडा नम्बर १ को दहबगरमा आइतबार राति लु १ क १२७८ नम्बरको एक्साभेटर सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो।

प्रहरीका अनुसार ५ जना सवार एक्साभेटर दुर्घटना हुँदा बुगल नगरपालिकाका २८ वर्षीय मानबहादुर बोहराको मृत्यु भएको हो। घाइते हुनेमा सोही वडाका २७ वर्षीय रामबहादुर बोहरा, ५० वर्षका प्रताप धामी र चालक वडा नम्वर ९ का २४ वर्षीय महेश खडायत छन्। उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको छ।

एक्साभेटरमा रहेका एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।सेतोपाटीबाट सभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार