गण्डकी प्रदेशमा ६३ स्वास्थ्यकर्मीलाई कोरोना, पोखरामा ११ जना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको फ्रन्टलाइन वोरियरको रुपमा चिनिने स्वास्थ्यकर्मीहरुमा समेत संक्रमित हुने क्रम बढिरहेको छ ।
अहिलेसम्म ६३ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

संक्रमित हुनेमा डाक्टर, नर्स, अहेव सहितका अन्य कर्मचारी छन् । पर्वत जिल्लामा सवैभन्दा बढी १२ स्वास्थ्यकर्मी संक्रमित देखिएकोमा सबै निको भएका छन् । कास्कीमा ११ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ । अझै ८ जना उपचाररत छन् । ९ जना संक्रमित स्वास्थ्यकर्मीमध्ये बाग्लुङमा ४ जना निको भएका छन । अन्यको उपचार चलिरहेको छ ।

तनहुँका ९ संक्रमितमध्ये ७ जना निको भएकापछि काममा फर्किसकेका प्रदेश स्वास्थ्य निर्देशानलयको भनाइ छ । लमजुङमा ८ जना संक्रमितको उपचार जारी छ । प्रदेशको एक मात्र तराईको जिल्ला सुस्ता पूर्वनवलपरासीमा ७ जना आइसोलेसनमा छन भने एकजना निको भएका छन ।

स्याङ्जाको ४ मध्ये ३ जना निको भइसकेको जानकारी निर्देशनालयले दिएको छ । गोर्खाको एकमात्र संक्रमित डिस्चार्ज भएर काममा फर्किएका छन् ।
मनाङमा एकजना हाल उपचाररत छन भने म्याग्दी र मुस्ताङमा अहिलेसम्म स्वास्थ्यकर्मी संक्रमित नभएको निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार