नेपालमा कोरोना अपडेट : १ हजार ३५६ संक्रमित थपिए

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताउनुभयो ।

उहाँका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् । यसैबीच बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४२९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार