गोरखामा जडिबुटी खोज्न जाँदा भीरबाट लडेर एक युवकको मुत्यु

गोरखा । लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर गोरखामा एक युवकको मृत्यु भएको छ । धार्चे गाउँपालिका–२ केरौजाका अन्दाजी ३८ बर्षीय मनिरक्ष गुरुङको ज्यान गएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

‘भदौ ५ गते भीरबाट लडेर मरेको रहेछ,’ उनले भने, ‘मलाई हिजोमात्र जानकारी आयो अनि प्रहरीलाइ खबर गरेँ ।’ अहिले घटनास्थलतर्फ प्रहरी गइरहेको एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार जडिबुटी खोज्न केही दिनअघि उनीसहितको समूह लेक गएको थियो । ‘यो समयमा सो क्षेत्रका स्थानीय जडिबुटी खोज्न लेक जान्छन्, त्यो ठाउँमा पुग्न गाउँबाट दुई दिन पैदल जानुपर्छ,’ उनले भने । टाढा भएकाले खबर आउन ढिला भएको उनको भनाइ छ । onlinekhabarबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार