होम आइसोलेसनमा बसेका सिडिओका भान्सेको कोरोनाबाट मृत्यु

कोरोना भाइरस संक्रमणबाट होम आइसोलेसनमा बसेका सप्तरीका ५५ वर्षीय सरकारी कर्मचारीको मृत्यु भएको छ। मृतक जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी हुन।

प्रमुख जिल्ला अधिकारीको भान्से समेत रहेका उनमा एक सताअघि कोरोना पोजेटिभ पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमै बस्दै आएका थिए। तीन दिनअघि ज्वरो आएपछि उनी गजेन्द्रनारायण सिंह सगरमाथा कोभिड अस्पतालमा भर्ना भएको निमित प्रमुख डा। रन्जीत झाले बताए। ‘समान्य रुघाखोकी र ज्वरो देखिएको थियो’ डा. झाले भने,‘एक दिनको समान्य उपचारपछि उनी होम आइसोलेसनमै फर्किएका थिए।’ आज(बिहीबार) विहान दुद्य खाएपछि ओछ्यानमै ढलेर मृत्यु भएको छ डा. झाले भने,‘उच्च रत्त, मधुमेह जस्ता कुनैपनि दिर्घ रोग नभएका उनको मृत्युले आश्चर्य लागेको छ।’

ज्वरो रुघाखोकी पनि निको भइसकेको थियो तर उनी संक्रमण मुतm चाहीँ भैसक्नु भएको थिएन डा।झाले भने,‘लक्षण समेत हराइसकेका उनको मृत्युको कसरी भयो बुझ्न गाह्रो छ।’ मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्दै छन।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा उहाँ९मृतक०ले नै सबैलाई चिया पानी खुवाउनु हुन्थ्यो डा.झाले भने,‘हामी सबै परीक्षणको दायरामा परेका छौं। तर, परीक्षणका लागि आवश्यक भिटिएम र रिएजेन्ट छैन।’ आज आपूर्ती हुने कुरा छ उनले भने,‘आपूर्ती भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका हामी सबैको पिसिआर परीक्षण हुन्छ।’ nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार