स्याङ्जामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १० पुग्यो

कास्की । स्याङ्जामा पहिरोमा पुरिँएर १० जनाले ज्यान गुमाएका छन् । अविरल वर्षापछि स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा पुरिँएका १० जनाको शव फेला परे संगै पहिरोमा ज्यान गुमाउनेको संख्या दश जना पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

तस्बिर : सामाजिक सञ्जाल

विहीबार बिहान ६ बजे स्याङ्जाको वालिङ –१४ तमाधी स्थित माया परियारको घर माथिबाट खसेको पहिरोले पुरिदा घरमा रहेका १० जना मध्ये ९ जना मृत्यु भएको हो । पहिरोमा परेका एकजनाको भने जीवितै उद्धार भएको छ ।

पहिरोमा परी वेपत्ता भएका २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाल, ६० वर्षीया सानी नेपाली, ९ वर्षीय बिवश नेपाली, अन्दाजी १४ को बिक्रम नेपाली, १९ वर्षीया बिनिता नेपाली, २१ वर्षीय कुलदिप नेपाली तथा ६/७ महिनाका नाम नखुलेका बालकको शव स्थानीयको सहयोगमा पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ ।

पहिरोबाट १६ वर्षीया मनिषा नेपालीलाई घाइते अवस्थामा उद्धार गरिएकी मनिषालाई उपचारको लागि पोखरा ल्एयाइएको छ ।त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको पहिरोले पुरिएर मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताउनुभयो । उहाँका अनुसार गएराति २ बजे गौतम टोलका मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्ण नेपालीको पुरिएर मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार