कोरोना संक्रमणबाट झापाका एक ७७ वर्षीय वृद्धको मृत्यु

कनकाई । झापामा कोरोना संक्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नम्बर ६ निवासी वृद्धको मृत्यु भएको हो ।

उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ । उनका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए । त्यसपछि यही असोज ३ गते आएको छोराको पिसिआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

छोराले भेटेर गएपछि पितामा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो । क्रमशः रुघाखोकीले च्याप्दै गएपछि गाउँपालिकाले तीन दिनअघि सोही क्षेत्र आसपासका ३२ जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गरेको थियो ।

परीक्षण गरिएकामध्ये अन्य सबैको रिपोर्ट नेगेटिभ आएपनि वृद्धको भने पोजेटिभ आएको विश्वकर्माले जानकारी दिए । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका वृद्धको गए राति निधन भए पनि रिपोर्ट भने बिहीबार बिहान मात्र आएको बताइएको छ। nagarikkhabaबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार