कांग्रेसद्धारा म्याग्दीलाई संकटग्रष्ट क्षेत्र घोषणा गर्न माग

बेनी । नेपाली कांग्रेस, म्याग्दीले जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । विहिबार कांग्रेस ,म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई संकटग्रस्त क्षेत्र घोषणाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले बुझाएको ज्ञापनपत्रमा सरकारले म्याग्दीलाई उपेक्षा गरेको भन्दै कांग्रेस, म्याग्दीले आपत्ती जनाएको छ ।

असार २५ र २६ गतेदेखी यता बाढीपहिरोले म्याग्दीमा ठुलो धनजनको क्षती पुु¥याएपनि संघिय सरकारले म्याग्दीलाई बेवास्ता गरेको कांग्रेसको आरोप छ । सिन्धुपाल्चोक, बागलुङ संगै म्याग्दी पनि बाढीपहिरोबाट उच्च प्रभावित जिल्ला भएपनि सरकारले विपद् संकटग्रस्त क्षेत्रमा नसमेटीनु दुखद भएको उपसभापति रेग्मीले खेद प्रकट गर्नुभयो । उहाँले बाढीपहिरो प्रभावित क्षेत्रमा कांग्रेस म्याग्दीले राहत सहयोग गरेको बताउनुभयो । कांग्रेस म्याग्दीले मालिका ,धवलागिरी ,अन्नपुर्ण ,मंगला रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा अविरल बर्षातका कारण गएको बाढी पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ ।

सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुर्ननिर्माणका काम अगाडि बढाइने सरकारले जनाएको छ ।‘बाढीपहिरोबाट म्याग्दीमा ठुलो क्षति भएको छ । यो विषम परिस्थितीलाई सहयोग पुग्ने गरी नेपाली कांग्रेस ,जिल्ला कार्यसमिति म्याग्दीले पनि राहतकोष स्थापना गर लाखौंको हिसाबमा अति आवश्यक खाद्यान्न ,लत्ताकपडा र आर्थिक सहयोग गरेका थियौं ,’उपसभापति रेग्मीले भन्नुभयो ,‘यस्तो भयानक एवम् दर्दनाक बाढीपहिरोबाट मानविय क्षति हुँदा पनि आजसम्म संघिय सरकारबाट मन्त्रीस्तरको कुनैपनि उपस्थिती नहुनुले पनि यसप्रति नेपाली कांग्रेस म्याग्दी घोर आपत्ती प्रकट गर्दै सरकारप्रति खेद प्रकट गर्दछौं ।’ गत असार २५ गतेदेखी यता हालसम्म म्याग्दीमा बाढी पहिरोबाट २९ जनाको मृत्यु भएको छ भने अझै ६ जना वेपत्ता रहेका छन् ।

बाढी पहिरोबाट म्याग्दीका मराङ,बिम,ताकम,धारापानी,काफलडाडा,देविस्थान,निस्कोट,अर्मन ,फगाम,काभे्र ,तितर ,महभिर ,पात्लेखेत, कुइनेमंगलेको दुवाडी धार,खरिबोट ,छरी ,पात्लेखर्क लगायत क्षेत्रमा एक सय ७० बढी घर भत्किएका छन् भने सयौं परिवार विस्थापित भएका छन् ।विस्थापित परिवार स्थानीय तह ,विभिन्न संघसंस्थाको सहयोग तथा आफन्त र छिमेकीकोमा शरण लिएर बसेका छन् ।यसअघि राहत वितरणमा ढिलाई गरेको भन्दै पीडित परिवारले समेत गुनासो गरेका थिए ।

कार्यक्रममा जिल्ला उपसभापति रेग्मी सहित सचिव क्याप्टेन मिन बहादुर कार्की ,सहसचिव भरतबहादुर रकाल ,प्रदेशसभा क्षेत्र नं ख का सभापति कमल छन्त्याल ,नेपाल तरुणदल, म्याग्दीका सचिव सुमन बानियाँ ,नेपाल विद्यार्थी संघ ,म्याग्दीका अध्यक्ष निर्मल खत्री लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन क्याप्टेन कार्कीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार