भूकम्पपछिको पुनर्निर्माणका लागि भारतको डेढ अर्ब सहयोग

भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाललाई एक अर्ब ५४ करोड रुपैयाँ उपलब्ध गराएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य खम्पाले उक्त सहयोग रकम बराबरको चेक अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई हस्तान्तरण गरेकी हुन् ।

मंगलबार भारतीय राजदूतावासले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको बिहीबार विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।आवास परियोजना अन्तर्गत भारत सरकारले १५० मिलियन अमेरिकी डलर अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो। यसका लागि यसअघि नै ७२ मिलियन अमेरिकी डलर रकम उपलब्ध गराइसकिएको छ । गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी आवास पुनर्निर्माण गर्ने प्रतिबद्धता गरेको भारत सरकारले यस अन्तर्गत अहिलेसम्म ९२ प्रतिशत घरधुरीको पुनर्निर्माण भइसकेको विज्ञप्तिमा जनाएको छ ।

त्यस्तै ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता गर्ने प्रतिबद्धता गरेको छ ।यस अन्तर्गत पहिलो किस्ता ४।२ मिलियन अमेरिकी डलर बराबरको रकम नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।karobardailyबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार