सेतीदोभान पुल ७ वर्षमा २० प्रतिशत मात्रै निर्माण

स्याङ्जा । झण्डै ७ वर्षअघि निर्माण सुरु भएको सेतीखोलाको मोटरेवलपुल अझै अलपत्रै छ । दुवैतर्फका खोला किनारमा पुलको फाउन्डेसन तयारी हुँदाको अवस्थामै रहेको पुल अलपत्रै अवस्थामा छाडिएको छ । दुवैतर्फका किनारमा फलामका रड मात्रै राखिएको छ ।
पुल वरपर रहेकाफलाम, ब्लक, रड, सिमेन्ट, मिस्चर मेसिन, जेनेरेर, काठ तथाफलामे सटिंका सामग्री यत्रतत्र छन् । सामान राख्ने गोदामकक्षमा घाँस र झाडीले घेरिएको छ । लाखौं मूल्यका सामग्री नष्ट हुँदै गएको छ ।

आँधीखोला गाउँपालिका ५ स्थित सेतीदोभानमा निर्माण सुरु भएको मोटरेबल पुल बन्दाबन्दै रोकिएको हो । इष्टमेट अनुसा रपुल बनेको भएको स्थानीयवासीले ५ वर्ष अघिदेखि उपयोग गर्न पाउने थिए । निर्माण कार्य सुरु हुँदै पटक–पटक रोकिँदै आएको पुल निर्माणको करिब २० प्रतिशतकाम पनि पूरा भएको छैन । मुलुककै पहिलो होमस्टे सिरुवारी जोड्ने गरी थालनी गरिएको मोटरेबल पुल पुनर्निर्माण कार्य अहिले ठप्पै छ ।

कान्छाराम–आशिष जेबीले निर्माण कम्पनीले पुल निर्माणको जिम्मेवारी पाएको हो । ४० मिटर लम्बाइ र ७ मिटर चौडाइको सो पुल ३ करोड २७ लाखको लागतमा २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

लामो समयसम्म पुल बन्न नसक्दा हजारौं स्थानीय व्यक्तिलाई सेतीखोला वारपार गर्न कठिनाइ भएको छ । सेतीखोलापारीका बस्तीमा खाद्यान्न तथा अन्य ढुवानीका लागि समस्या छ । अहिले पनि खाद्यान्न तथा अन्य सामग्री ढुवानीका लागि खोलामै ट्याक्टर हिँडाएर लैजान बाध्य छन् ।
०७१ असोज २६ गते सम्झौता गरिएको मोटरेबल पुल ०७३ असोज २५ गते सक्नुपर्ने थियो । तर, निर्माण कार्य सुरुको ५÷६ महिनापछि रोकिन सुरु भएको हो। सम्झौता अनुरुप पुल निर्माण सम्पन्न गरेर ४ वर्षअघि हस्तान्तरण गर्नुपर्ने थियो ।

“पुल अत्यावश्यक ठाउँमा बन्न लागेको थियो, ठेकेदारको ढंग नपुग्दा स्थानीयवासी सास्ती भोगेका छन ।” आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले भने, “सडक विभागले निर्माण कम्पनीलाई कारबाही गरेर पुल छिटो बनाउनुप(यो ।”पुलको रेखदेखको समेत जिम्मेवारी पाएका स्थानीय बाबुराम ढकालले भने, “सटिङका लागि रड बनाउने इन्जिनियर नेपालमा नभएका कारण पुल निर्माण कार्य रोकिएको हो ।” दोस्रो पटक फाउण्डेसनका पिलर भरेर पुलको मुख्य बिम ढलान गर्ने तयारीका बेला रड गुणस्तरहीन र सानो भएको भनी सडक विभागले रोकेको उनले बताए ।karobardaily बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार