बालिकामाथि बलात्कारको प्रयास:प्रतिकार गर्दा हत्या

सुनसरी । सुनसरीमा १२ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीको प्रारम्भिक अनुसन्धानले बलात्कारको प्रतिकार गर्दा हत्या भएको देखाएको छ । बराह क्षेत्र नगरपालिका–१ कटहरेमा घरमै हत्या गरिएकी बालिकाको बलात्कार प्रयास र त्यसपछि हत्या भएको आशंका प्रहरीको छ ।

गत शुक्रबार राति बालिकाको हत्या भएको थियो । बालिकाका बा आमा धामी राखिएको ठाउँमा गएका बेला घरमै उनको हत्या भएको थियो । मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको बलात्कार प्रयासको बालिका सेत्ने कोठामा आरोपी रञ्जित तामाङ प्रवेश गरेसँगै बलात्कारको प्रयास गरेको र उनले प्रतिकार गर्दा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो ।

यसअघि प्रहरीले घटनामा संलग्न भएको आरोपमा राईसहित ८ जनालाई पक्राउ गरेको थियो । तर, घटनामा राईको मात्रै संलग्नता देखिएसँगै अरु रिहा भएका छन् । राईले मदिराको नशामा बालिकामाथि बलात्कारको प्रयास गरेको र बालिकाले प्रतिकार गर्दा हत्या भएको हुनसक्ने आधार प्रहरीले भेटेको छ । धामी हेर्न परिवारसँगै गएपनि बालिका एक्लै घर फर्किएकी थिइन् ।nagarikkhabarबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार