२० घण्टाका नाबालकलाई कोरोना पुष्टि

पोखरा । पोखरामा २० घण्टाका नावालकलाई कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका ४ का नावालकमा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार, आज गरिएको परीक्षणमा ती नावालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका नावालकलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनआइसीयुमा भर्ना गरिएको छ । आजै कोरोना पुष्टि भएका अन्य दुई जनालाई आइसोलेसनमा पठाउने तयारी भइरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८६६ पुगेको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार