नेपाल क्रिकेट संघका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीलाई कोरोना संक्रमण भएको छ । उनीसँगै सचिव अशोकनाथ प्याकुरेलमा पनि कोरोना पुष्टि भएको क्यानले जनाएको छ ।

चितवनमा क्यानको केन्द्रीय समिति बैठकमा सहभागी भएर काठमाडौं फर्किएपछि उनीहरुमा कोरोना पुष्टि भएको छ । अन्य पदाधिकारी तथा सदस्यमा अहिलेसम्म संक्रमण नदेखिएको क्यानले जनाएको छ ।

क्यानले अध्यक्ष र सचिवको सम्पर्कमा आएका सबैजनालाई आइसोलेसनमा बस्न आग्रह गरेको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार