नेपालमा १९११ जना कोरोना संक्रमित थपिए ,११ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विहिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । यो संगै देशभर कुल संक्रमितको संख्या ७९,७२८ पुगेको छ ।

देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्नेगरी सिफारिस गरिसकेको अवस्थामा बिहीबारसम्म सक्रिय संक्रमित २१ हजार ८३० पुगेको हो ।

हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ७९ हजार रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोरोबाट थप ११ जनाको मृत्यु भएको छ । यो संगै मृतकको संख्या ५०९ पुगेको छ । यसैगरी ९६१ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म कोरोना जित्नेको कुल संख्या ५७,३८९ रहेका मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार