डाक्टर केसीको जीवन रक्षाका लागि सार्थक वार्ता गर्न इन्सेकको माग

काठमाडौं । व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकारसमक्ष माग गरेको छ ।

इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा असोज १६ गते जारी प्रेस विज्ञप्तिमा यस्तो माग गरिएको हो । डाक्टर गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डहरूको छानविन गर्नुपर्ने लगायतका ६ बुँदे माग राखी अनशनरत डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति इन्सेक चिन्ता जाहेर गर्दछ ।’–विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ का कारण फैलिएको विश्वव्यापी महामारीको प्रतिकार्य गर्नसमेत सार्वजनिक स्वास्थ्य संचरनाको सुदृढीकरण र असल शासन आवश्यक देखिएको पनि विज्ञप्तिमा उल्लेख छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार