२८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट दीर्घरोग नभएकी एक महिलाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार अस्पतालमा उपचाररत इनरुवा ४ सुनसरीकी ती २८ वर्षीया महिलाको बिहान मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठले ती महिलामा कुनै पनि दीर्घरोग नभएको र कोरोना संक्रमणकै कारणले ज्यान गएको जानकारी दिए । असोज ८ गते महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण भएपछि स्वास लिन समस्या भएको र अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आज मृत्यु भएको छ ।आज नै मोरङको विराटनगरकी ६८ वर्षीया महिलाको पनि मृत्यु भएको छ । ती महिलाको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार