प्रदेश ५ को राजधानी विवाद : निषेधाज्ञा तोडेर बुटवलमा प्रदर्शन

बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावको विरोधमा बुटवलमा निषेधाज्ञा तोडेर प्रदर्शन भएको छ । विभिन्न राजनीतिक दल तथा संघसंस्थाको आव्हानमा बुटवलमा प्रदर्शन भएको हो । विभिन्न संघसंस्था र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको आव्हानमा राजमार्ग चौराहबाट सुरु भएको प्रदर्शन ट्राफिक चोक पुगेर सभामा परिणत भएको छ ।

उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमाल, नेपाल उद्योग परिसंघका अध्यक्ष एजाज आलम, रुपन्देही उद्योग संघका काबा अध्यक्ष माधव पौडेल, होटल तथा रेष्टुरेन्ट व्यवसायीका संघका अध्यक्ष समुन्द्र जिसी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेललगायतले प्रदर्शनको नेतृत्व गरेका छन् ।

आन्दोलनकारीले थप प्रदर्शन गर्ने चेतावनी दिँदै तत्काल निर्णय सच्चाउन माग गरेका छन् । यसैबीच नेपाली कांग्रेस रुपन्देहीले पनि विभिन्न खालका विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ । प्रदर्शन हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले विभिन्न ठाउँमा निषेधाज्ञा लगाएको थियो । तर, निषेधाज्ञाको उल्लंघन गर्दै प्रदर्शन भएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार