बीमा समितिका ५ कर्मचारीलाई कोरोना संक्रमण, एक साताका लागि कार्यालय बन्द

काठमाडौं । बीमा समितिका उच्च पदस्थमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि कार्यालय बन्द गरिएको छ । उच्च पदस्थ पाँच जनामा कोरोना पुष्टि भएपछि सबै कार्य अहिलेलाइ रोकिएको बीमा समितिले जनाएको छ ।

कार्यालय आगामी आइतबारसम्मका लागि सिल गरिएको समितिले भनेको छ । कार्यालय बन्द भएपछि समितिका कुनै पनि सेवा प्रवाह हुने छैन । व्यक्तिगत रुपमा दिने परामर्शको काम भने जारी रहने छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार