डाका मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौँ । डाका मुद्दामा अदालतले कैद तथा जरीवानाको फैसला सुुनाएका एक अभियुक्तलाई ताप्लेजुङ प्रहरीले ९ वर्षपछि पक्राउ गरेर कारागार चलान गरेको छ।पक्राउ पर्नेमा मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राका कमल शेर्पा रहेका छन्। उनी घटनाको अभियोग लागेका बखत १७ वर्षका थिए। डाका सम्वन्धी मुद्दामा अदालतले उनलाई ६ वर्ष कैद र २ हजार ३०० रुपैयाँ जरीवाना हुने फैसला गरेको थियो।

२०६६ साल माघ ९ गते मेरिङ्देन गाउँपालिका वडा न. १ थिङ्लाबुका नितेम्बा शेर्पाको परिवारलाई उनीसहित ६ जनाको समूहले हातहतियार देखाइ कब्जामा लिइ नगद तथा सुनका गरगहना लुटी लगेको अभियोग थियो। अदालतले उनलाई २०६८ साल चैत २६ गते दोषी ठहर गर्दै कैद र जरीवानाको फैसला सुनाएसंगै उनी फरार रहेका थिए। नितेम्बाको किटानी जाहेरीका आधारमा प्रहरीले २०६६ साल चैत ५ गते उनीसहित घटनामा संलग्न सबैलाई पक्राउ गरी अनुसन्धान पश्चत प्रस्तुत मुद्दा अदालतमा पेश गरेको थियो।

अनुसन्धानको प्रारम्भिक चरणमा पक्राउ परेका सबै अदालतबाट जनही १ हजार ५५० रुपैयाँ धरौटीमा छुटी गएकोमा कमलको हकमा २०६८ साल चैत २६ गते अदालतले ६ वर्ष कैद र २ हजार ३०० रुपैयाँ जरीवाना हुने फैसला गरेको थियो। फैसलापछि फरार रहेका उनलाई गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी अदालत पेश गर्दा आदेश भए बमोजिम कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख(डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार