१६ जनाको ज्यान लिएको बाग्लुङ दुर्घटना : पीडित परिवारले अझै पाएनन् बीमा रकम

गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकाबाट बाग्लुङमा कूल पूजा गर्न जाने क्रममा जिप दुर्घटनामा परेर १६ जनाको ज्यान गएको झण्डै एक वर्ष बितिसक्दा पनि मृतकका परिवारजनले दुर्घटना बीमाको रकम अझै पाउन सकेका छैनन् ।

२०७६ साल मंसिर १७ गते विहान ईस्मा गाउँपालिका वडा नम्वर ४ पैंयाबाट कार्की टोलबाट बाग्लुङको ढोरपाटन नगरपालिकातर्फ कूल पूजा गर्न जाने क्रममा सडकदेखि तल खोलामा जीप खसेर १४ जनाको घटनास्थलमा नै र दुई जनाको उपचारका क्रममा ज्यान गएको थियो । उक्त दुर्घटनामा श्रीमती गुमाएका तिलबहादुर कार्कीले भने, ‘सो बेला किरिया खर्च दिने क्रममा एक दुई महिना मै जनही ५ लाखका दरले बीमा रकम आउँछ भनिएको थियो तर एक वर्ष हुनै लाग्दा पनि दिइएको छैन् ।’

त्यतिबेला प्रति परिवार २५ हजारका दरले गुल्मी यातायात व्यवसायी संघले किरिया खर्च दिएको थियो । ‘किन उनीहरुको बीमा रकम अहिले सम्म दिइएन त रु,’ भनेर सोध्दा संघका प्रबन्धक डोलबहादुर कुँवर भन्छन्, ‘कोरोना संक्रमणका कारण ढिला भएको हो । अब छिट्टै दिलाउँछौँ ।’रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार