कोरोना भाइरस मानव छालामा ९ घण्टासम्म बाँच्न सक्छ

काठमाडौँ । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणका बारेमा थुप्रै प्रश्नहरु उब्जिने गरेका छन भने नयाँ नयाँ जानकारीहरु आउने क्रम पनि जारी छ ।त्यही सन्दर्भमा कोरोना भाइरस मानव शरीरको छालामा धेरै समयसम्म जिउँदो रहन सक्ने पुष्टि भएको छ ।

कोरोना भाइरस मानव छालामा कति समय सम्म बाँच्न सक्छ ? भन्ने बारेको अनुसन्धानमा जापानको क्योटो प्रिफेक्चुरल युनिभर्सिटी अफ मेडिसिनका वैज्ञानिकहरुले अध्ययन गरेका हुन ।अनुशन्धानका क्रममा वैज्ञानिकहरुले बायोलोजिकल डिजाइनिङबाट तयार पारिएको कृत्रिम छालामा कोरोना भाइरसको प्रयोग गरेका थिए ।

स्वस्थ स्वयं सेवकहरुलाई भाइरसको संक्रमण नहोस भन्दै कृत्रिम छालाको प्रयोग गरेका हुन । वैज्ञानिकहरुले यो अध्ययनबाट इन्फ्लुएन्जा भाइरस मानव छालामा २ घण्टा भन्दा बढी बाँच्न नसक्ने तथ्य पत्ता लगाए ।तर कोरोना भाइरस ९ घण्टासम्म मानव छालामा बाँच्न सक्ने पुष्टि भयो । मानव शरीरको सबैभन्दा बढी चल्ने अंग हातमा संक्रमणको जोखिम अधिक हुन्छ । तसर्थ यसबाट बच्नका लागि ८० प्रतिशत अल्कोहल मिश्रित सेनिटाइजरले मात्र १५ सेकेण्डमा कोरोना भाइरसलाई मार्न सक्ने वैज्ञानिकहरुले बताएका छन ।

त्यस्तै कम्तिमा २० सेकेण्डसम्म साबुन पानीले हात धुँदा पनि कोरोना भाइरसको संक्रमणबाट मुक्त हुन सकिन्छ । क्लिनिकल ईन्फेक्सियस डिजिज’ मा प्रकाशित यो अनुशन्धानमा संलग्न वैज्ञानिकहरुले कोरोना भाइरससंग जोगिनका लागि गुणस्तरीय सेनिटाइजर प्रयोग गर्न वा राम्ररी हात धुनु पर्ने बताएको डेलि मेलले जनाएको छ ।एजेन्सी/नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार