जाजरकोटमा जिप दुर्घटना : वडाध्यक्ष शाही सहित ५ को मृत्यु

सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका–१ औलखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।
मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका–११ का अध्यक्ष अमरबहादुर शाही, सोही गाउँपालिका वडानम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही रहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

बेपत्ता भएका अन्य दुईजनाको खोजी भइरहेको उनले बताए । घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाको टोली खटिएको छ ।जिप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको डीएसपी श्रेष्ठले जानकारी दिए।onlinekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार