दाङमा एक किलो सुनसहित तीनजना पक्राउ

काठमाडौँ । दाङमा एक किलो सुनसहित ३ जना पक्राउ परेका छन् । दाङको लमही नगरपालिका–९ अमलियास्थित क्रेटा कारबाट सुन बरामद भएको हो ।

घोराहीबाट नेपालगञ्ज लैजान लागेको गोप्य सूचनाको आधारमा क्रेटा कार शंका लागि चेकजाँच गर्ने क्रममा जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको दाङका प्रहरी प्रवक्ता तथा डीएसपी सुमित खड्काले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार