भारतमा सिबिआईका पूर्वप्रमुखले गरे आत्महत्या

काठमाडौँ । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का पूर्वप्रमुख अश्वनी कुमार आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार ७० वर्षीय उनले बुधबार नागल्यान्डको राजधानी सिमलास्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन्।

घटनास्थलबाट ‘सुसाइड नोट’समेत फेला परेको प्रहरीले जनाएको छ। जसमा उनले लेखेका छन्, ‘रोग र अशक्तताले गर्दा यो जीवनको अन्त्य गर्दै छु र नयाँ जीवन यात्रा सुरु गर्दै छु।’

सुसाइड नोटमा अश्वनी कुमारले कसैलाई दोष नदिएको हिमाचल प्रदेशका डीजीपी सञ्जय कुन्डुले जानकारी दिएका छन्। घटनाबारे गम्भीर अनुसन्धान भइरहेको बिबिसी हिन्दीले जनाएको छ।सिरमौर जिल्लाको सदरमुकाम नाहनमा उनको जन्म भएको थियो। सन् २००८ देखि २०१० सम्म उनी सीबीआईका निर्देशक भएका थिए। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार