दाताको सहयोगपछि आँखाको शल्यक्रिया सुरु

बनियानी । झापाको भद्रपुर–५ स्थित भद्रपुर आँखा उपचार केन्द्रमा आँखाको शल्यक्रिया सुरु गरिएको छ । साताको एक पटक प्रत्येक आइतबार मोतियाविन्दुको शल्यक्रिया गरिने उपचार केन्द्रका सचिव प्रदीपमणि रेग्मीले जानकारी दिए ।

मेची आँखा अस्पताल संघ विर्तामोड शाखाको रुपमा सञ्चालित सो केन्द्रमा रू ५५ लाखको शल्यक्रिया कक्ष र रू ५५ लाखकै लागतमा आवश्यक उपकरण खरिद गरिएको छ । उक्त रकम भद्रपुर निवासी सत्यनारायण सरियाले उपलब्ध गराएका हुन् ।यसअघि स्व जयनारायण सरियाको स्मृतिमा उनका भाइ सत्यनारायण सरियाले नै आँखा उपचार केन्द्रका लागि एक बिघा जग्गा दान दिएका थिए । सोही जग्गामा बनेको आँखा उपचार केन्द्रमा आँखाको परीक्षण गरी हप्तामा एक दिन शल्यक्रिया नै गरिने सचिव रेग्मीले बताए ।

केन्द्रमा उपचारका लागि आएका बिरामीको शल्यक्रिया गर्नुपरे त्यसमा लाग्ने खर्चको ५० प्रतिशत रकम दाता सरियाले व्यहोर्ने उनले बताए ।नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार