नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५००८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो । यससंगै देशभर कुल संक्रमितको सख्ंया १०५,६८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ ।यो संगै मृतकको संख्या ६१४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् ।

देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् । १७ हजार १६४ जना होम र १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार