देशभर पछिल्लो २४ घन्टामा २,०७१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २,०७१ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७१ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमितमध्ये १५ सय ५२ जना निको भएर घर फर्किएका छन् भने हालसम्म ७५ हजार ८ सय ४ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २२ जनाको ज्यान गएको छ । यो संगै देशभर कोरोनाबाट ६ सय ३६ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार