मंगल तामाङको हत्यामा संलग्न सुवास सुनार ८ वर्षपछि पक्राउ

बनेपा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न बेथानचोक गाउँपालिका ४ का २२ वर्षीय सुवास सुनारलाई बनेपा ईलाका प्रहरी कार्यालयका प्रमुख निरीक्षक योगेन्द्र तिमिल्सिना नेतृत्वको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार २०६९ कात्तिक ८ गते काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित चलालगणेशस्थानका मंगल तामाङको १८ वर्षीय छोरा एन्जेल तामाङ (माईकल ज्याक्सन डान्सर) लाई छुरा प्रहार गरी हत्या गरेका थिए ।

छुरा प्रहार गरी कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दामा २०७४ असार १४ गते जिल्ला अदालत काभ्रेले सुनारलाई २० वर्ष कैद सजाय फैसला गरेको थियो । तर ८ वर्षदेखि सुनार भने घटनापश्चात फरार थिए । मंगल तामाङले दिएको जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका स्थित लुकीछिकी बसेको अवस्थामा सुनारलाई असोज २३ गते पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख निरिक्षक तिमल्सिनाले बताए ।

घटनाको ८ वर्षपछि पक्राउ परेका सुनारलाई अदालतको आदेश अनुसार आइतबार कैद भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाईएको तिमल्सिनाले जानकारी दिए ।nagarikkhabar बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार