गोलञ्जोर गाउँपालिकाका अध्यक्ष कार्कीलाई कोरोना संक्रमण पुष्टि

सिन्धुली । गोलञ्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको भन्दै अध्यक्ष कार्कीले फेसबुकमा स्टाटस लेखेका छन् ।

उनले भनेका छन्, ‘पीसीआर परीक्षणबाट ममा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण देखिएको हुँदा यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले विशेष सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’अध्यक्ष कार्की केही दिनदेखि ज्वरो आएका कारण घरमै बसेका छन् ।नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार