देशभर पछिल्लो २४ घण्टामा ३५५६ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका ३ हजार ५ सय ५६ जना सहित देशभर संक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमितमध्ये १ हजार ५ सय ३ जना निको भएर घर फर्किएका छन् भने हालसम्म ७८ हजार ७ सय ८० जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १८ जनाकोे ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ६३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार