जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई कोरोना संक्रमण पुष्टि ,सवै सेवा बन्द

बेनी । पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा अध्यक्ष मल्ललाई कोरोना पुष्टि भएको हो ।

उहाँ अहिले पोखरा स्थित चरक अस्पतालको आइसोलेशनमा हुनुहु्न्छ । उहाँको अवस्था सामान्य रहेको छ । आइतबार जलजला गाउँपालिकाबाट अध्यक्ष मल्ल लगायतका ४४ जनाको नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पोखरा पठाएकोमा अध्यक्ष मल्ल र वडा नम्बर ८ का युवामा कोरोना संक्रमण देखिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा जानकारी दिनुभयो । अध्यक्ष मल्ल केही दिन अघि काठमाण्डौं पुगेर फर्किनुभएको थियो ।

गाउँपालिकाका कर्मचारीहरु पनि कन्ट्याङ ट्रेसिङमा परेकाले भोली बुधबार देखि अर्को सूचना जारी नहुँदा सम्म गाउँ कार्यपालिका र सम्पूर्ण वडा कार्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार