भारतको आन्ध्र प्रदेशमा भीषण बर्षा, ७ जनाको मृत्यु

काठकाडौँ । भारतको आन्ध्र प्रदेश र तेलंगना राज्यमा भीषण वर्षाका कारण ७ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशमा मंगलबार विहान नरसापुरम–काकीनाडाको तटीय क्षेत्रमा चक्रवात आउँदा भीषण बर्षा भएको हो । सोमबार विहानदेखि मंगलबार विहानसम्म विभिन्न १२९ स्थानमा ११.५६ देखि २०.४४ सेमीसम्म बर्षा भएको थियो ।

सरकारी भनाई अनुसार भीषण बर्षाका कारण आएको बाढीमा परेर कम्तिमा ७ जनाको मृत्यु भएको छ । त्यहाँका उप–मुख्यमन्त्री अल्ला नानीले पीडितहरुलाई पुरापुर् सहयोग गर्ने घोषणा गरेका छन । चक्रवातका कारण भएको भारी बर्षाले थुप्रै स्थानका जमिन भासिएका छन । त्यहाँका सडकहरु तीव्र रुपमा बहने नदीमा परिवर्तित भएका छन । तेलंगनाको राजधानी हैदराबादमा मंगलबार विहानदेखि लगातार बर्षा हुँदा जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । यो बर्षा विगत २० बर्ष यताकै सबैभन्दा ठूलो भनिएको छ ।

त्यहाँका सैयौं घरहरु डुबानमा परेका छन भने विद्युत आपुर्ति बन्द भएको छ । डुृबानका कारण हैदराबादको यातायात पूर्ण रुपमा ठप्प छ । तेलंगनाको मेचडल–मलकजगिरी जिल्लाको घानकेसर क्षेत्रमा भारी बर्षा भएको छ । त्यहाँ मंगलबार विहानदेखि भएको भीषण वर्षा आज विहान ५ बजेपछि मात्रै रोकिएको थियो ।डुबानका कारण तल्लो क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सार्न स्थानीय प्रशासनले निर्देशन जारी गरेको बिबिसीले जनाएको छ ।एजेन्सी/नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार