लोकसेवा परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । कोरोना महामारीका कारण संक्रमणको निकै जोखिम देखिएको भन्दै लोकसेवा आयोगले यसअघि निर्धारण गरेको विभिन्न परीक्षा तत्काललाई स्थगन गरिएको जनाएको छ।

आयोगले सोमबार विज्ञप्ति जारी गरी आयोगका कतिपय कर्मचारीसमेत कोरोनाबाट संक्रमित, आयोगका विभिन्न शाखा बन्द तथा परीक्षामा सहभागी हुने उम्मेदवारमा समेत भय व्याप्त भएकाले यही कात्तिक १६ गते सुरु गर्ने भनिएका निजामती, सुरक्षा निकाय र संगठित संस्थातर्फका सबै परीक्षा स्थगन गरिएको जानकारी दिएको हो।

अर्को निर्णय नहुँदासम्मका लागि परीक्षा सञ्चालन नहुने आयोगले जनाएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार