रेडपाण्डाको छालासहित ६ जना पक्राउ

काठमाडौं । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित छ जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर महालक्ष्मीस्थान नगरपालिका-४ इमाडोलस्थित दीपक लिम्बूको बस्ने डेराबाट छ जनालाई पक्राउ गरेको हो। लिम्बू, खोटाङ दिक्तेल नगरपालिका-१ का हुन्।

उनीसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भई इमाडोल बस्ने सुनिल गोले, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-४ घर भई हाल भक्तपुर ठिमी बस्ने प्रकाश तामाङ, भोजपुर ट्याम्केमैयु गाउँपालिका-३ घर भई हाल ललितपुर टिकाथली बस्ने सनबहादुर राई र सिन्धुली तीनपाटन गाउँपालिका-३ घर भई हाल ललितपुर इमाडोल बस्ने अम्बरबहादुर तामाङ रहेका छन्।

उनीहरूको साथबाट तीन फिट तीन इञ्च लम्बाइ र १ फिट चौडाइ भएको रेडपाण्डाको एक थान छाला बरामद भएको महाशाखाले जनाएको छ।उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय पठाउने तयारी भइरहेको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार