टिपर दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।उक्त स्थानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाका कार्यरत् सिमरा जितपुर उप-महानगरपालिकाका ३६ वर्षीय समबहादुर योञ्जन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार राति ११ बजे फाक्सिन्दा दोभानबाट बालुवा लिएर फर्कंदै गरेको ना८ख ४९९५ नम्बरको टिपर अचानक दुर्घटना भएर सडकदेखि करिब चार सय मिटर तल अरुण नदी किनारमा खसेको थियो। टिपर चालक तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार